नियम २०२
आन्तरिक लेखा परीक्षण गराई राख्ने
(१) प्रत्येक स्थानीय निकायको आय व्यय लगायत त्यस्तो निकायको मातहतका कार्यालयको लेखा अद्यावधिक गरी आन्तरिक लेखापरीक्षण गराई आन्तरिक लेखापरीक्षणबाट निस्केका बेरुजु वा त्रुटि अन्तिम
लेखापरीक्षण हुनुभन्दा अगाडि नै नियमित गराउनु पर्नेमा नियमित गराई वा प्रमाण पेश गर्नु पर्नेमा प्रमाण पेश गरी वा असूल उपर गर्नु पर्नेमा असूल उपर गरी त्यसको प्रमाण सम्बन्धित लेखास“ग संलग्न गरी लेखा अद्यावधिक गराई राख्नु अधिकार प्राप्त अधिकारी र आर्थिक प्रशासन शाखा प्रमुखको दायित्व हुनेछ ।
(२) अधिकार प्राप्त अधिकारीले नियमित गर्न सक्नेमा आफैंले नियमित गर्ने र आफैंले नियमित गर्न नसक्ने रकम स्थानीय निकायमा समयमै पेश गर्नु पर्नेछ । स्थानीय निकायले पनि नियमित गर्नु पर्नेमा समयमै नियमित गरी वा गराई दिनु पर्नेछ । सो बमोजिम नगरेमा त्यसको जवाफदेही अधिकार प्राप्त अधिकारी हुनेछ ।
(३) आन्तरिक लेखापरीक्षणबाट निस्केको बेरुजुको एक प्रति जानकारीको लागि सम्बन्धित मन्त्रालयमा पनि पठाउनु पर्नेछ । त्यस्तो बेरुजु फछ्र्यौट गरे वा नगरेको अनुगमन स्थानीय निकायको सचिवले गर्नु पर्नेछ ।
(४) आन्तरिक लेखापरीक्षणबाट देखिएको बेरुजुको प्रमाण जुटाई अन्तिम लेखापरीक्षण हुनु अघि विशेष कारण परी फछ्र्यौट हुन नसकेमा सो कुरा समेत उल्लेख गरी अन्तिम लेखापरीक्षणकर्ता समक्ष स्थानीय निकायको सचिवले लिखित स्पष्टीकरण दिनु पर्नेछ ।
(५) आन्तरिक लेखापरीक्षणबाट निस्केको फछ्र्यौट हुन बा“की बेरुजु उपनियम (४) बमोजिम अन्तिम लेखापरीक्षकलाई दिइने र अन्तिम लेखापरीक्षणमा फछ्र्यौट हुन बा“की आन्तरिक लेखा परीक्षणबाट उठाइएका बेरुजु अध्ययन तथा जा“चबुझ गरी अन्तिम बेरुजु कायम गर्नेछ । यसरी अन्तिम लेखापरीक्षण बेरुजु कायम भएपछि आन्तरिक लेखापरीक्षण बेरुजु कायम रहने छैन ।